दफा ४३
उपभोक्ता समूह सड्डठित संस्था हुने
(१) दफा ४१ बमोजिम गठित उपभोक्ता समूह अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र सड्डठित संस्था हुनेछ ।
(२) उपभोक्ता समूहको आफ्नो एउटा छुट्टै छाप हुनेछ ।
(३) उपभोक्ता समूहले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेच बिखन गर्न वा अन्य किसिमले बन्दोवस्त गर्न सक्नेछ ।
(४) उपभोक्ता समूहले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजूर गर्न र सो उपर पनि सोही नामबाट नालिस उजूर लाग्न सक्नेछ ।